पूर्वमन्त्री कर्ण थापाले अझै फिर्ता गरेनन् गाडी

89
  •  
  •  
  •  

काठमाडौं, १३ असोज : पदमुक्त भएपछि पनि पूर्व उद्योगमन्त्री कर्णबहादुर थापाले उद्योग मन्त्रालयबाट लगेको बा १ झ ८६८९ नम्बरको टक्सन गाडी फिर्ता गरेका छैनन । सामान्यतः मन्त्रीबाट मुक्त भएको एक साताभित्र सरकारी गाडी अनिवार्य फिर्ता गर्नुपर्ने हुन्छ ।

तर थापा पदमुक्त भएको दुई साता वितिसकेको छ । उद्योगमन्त्रालयका अधिकारीहरुका अनुसार गाडी बुझाउन थापालाई पटक पटक आग्रह गरेको छ । गाडी बुझाउनुको सट्टा उनले उल्टै आफूलाई अशिष्ट व्यवहार गर्ने भन्दै धम्क्याएको एक अधिकारीले बताए । पुर्वमन्त्री थापाले थापाले भने आफुले हालका उद्योगमन्त्री महेश बस्नेतसँग नै आग्रह गरेर केही दिन गाडीका लागि गाडी राखेको बताएका छन् । 

नयाँ पत्रिका


  •  
  •  
  •