भक्तपुर, १६ फागुन(ओएनएस) : नेपाली कांग्रेस भक्तपुरको जिल्ला सभापतिमा देउवा पक्षका दुर्लभ थापा निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न दोस्रो चरणको निर्वाचनबाट थापा विजयी भएका हुन् । उनले संस्थापन पक्षका अष्ट कवेलाई ५६ मतअन्तरले परजित गरेका हुन् ।
सभापतिका लागि भएको पहिलो चरणको निर्वाचनमा थापा र कवेसहित गणेशमान चक्रधर, राजाराम खड्काबीच निर्वाचन भएको थियो । उक्त निर्वाचनमा कसैले पनि स्पष्ट ५१ प्रतिशत मत ल्याउन नसक्दा दोस्रो चरणको निर्वाचन गरिएको थियो ।
कुल ४ सय ६२ मतदातामध्ये थापाले २ सय ५४ मत र कवेले १ सय ९८ मत प्राप्त गरेका थिए ।