साढे ३३ किलो सुन तस्करी र हत्या प्रकरण : दुर्इ ब्यापारी पक्राउ, हिरासतमा रहेका अभियुक्तद्धारा अात्महत्या

326
  •  
  •  
  •  

काठमाडौं,३० चैत (अाेएनएस) : साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याघटनाको अनुसन्धानका लागि प्रहरीले राजधानीका २ सुन ब्यापारीलाई पक्राउ गरेको छ भने अनुसन्धाननकै लागि यसअघि नियन्त्रणमा लिएर हिरासतमा राखेका एक अभियुक्तले अात्महत्या गरेका छन्।

महानगरीय प्रहरी वृत्त, अनामनगरको हिरासतमा रहेका  नेपाल एयरलाइन्सका लोडर प्रेमराज चौधरीले आत्महत्या गरेका हुन् ।काठमाडौ प्रहरी परिसरका अनुसार उनले बिहान ५ बजे गाडी बाथरुममा आत्महत्या गरेको हुन ।

यसअघि माघ अन्तिम साता यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको थियो ।  र, त्यो सुन खोज्ने क्रममा भरिया शनम शाक्यलाई टर्चर दिएर हत्या गरिएको हो ।घटनालाई लुकाउन प्रहरीले भूमिका खेलेको आरोप छ । यसबारे छानविनका क्रममा महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमख एसएसपी दिवेश लोहोनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल हेडक्वार्टर तानिएका छन् ।

त्यस्तै थप अनुसन्धानका लागि न्यूरोडस्थित शालिमार ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्य र जय मातादी गोल्ड प्यालेसका सञ्चालक पवन अग्रवाललाई प्रहरीले पक्राउ गरेको हो।

तस्करी गिरोहमा उनीहरुकाे समेत संलग्नता अनुसन्धानले देखाएपछि  प्रहरीले उनीहरुलार्इ पक्राउ गरेको छानविन समितिका एक प्रहरी अधिकृतले बताएका छन्।

घटनाको अनुसन्धान गर्न गृहमन्त्रालयले सह–सचिव ईश्वर पौडेल नेतृत्वको छानबिन समिति बनाएको छ भने प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डीआईजी) पुष्कलराज रेग्मीको नेतृत्वको समिति बनाएको थियो ।घटनामा संलग्न भएको आरोपमा अहिलेसम्म १९ जना पक्राउ परेका छन् । घटनामा प्रहरीकै उच्च अधिकारीहरुको समेत संलग्नता रहेको हुन सक्ने अनुसन्धान समितिले आशंका गरेको छ ।

गृह मन्त्रालयका सहसचिव ईश्वरचन्द्र पौडेलले घटनामा संलग्न रहेकाे देखिएपछि अहिले सम्म २१ जना पक्राउ परेकाे बताए।

 


  •  
  •  
  •