थाइल्याण्डमा समस्यामा परेका नेपालीलाई असार ३ गते स्वदेश ल्याइने

233
  •  
  •  
  •  

काठमाडौं । थाइल्याण्डमा समस्यामा परेका नेपालीलाई असार ३ गते स्वदेश ल्याइने भएको छ । २ सय ६० जना नेपालीलाई नेपाल एअरलाइन्सको चार्टर्ड जहाजमार्फत स्वदेश फर्काइने त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।


प्राथमिकतामा परेका १३ जनालाई दूतावासले कुर्नुपर्ने सूचीमा राखेको छ । प्राथमिकतामा परेका २६० जना नेपालीले आउँदो शनिबारभित्र नेपाल एअरलाइन्सको बैंककस्थित कार्यालय या आफन्तले काठमाडौंमार्फत टिकट काट्न सक्नेछन् ।

दूतावासले टिकट काट्न एअरलाइन्सको बैंककस्थित कार्यालय ९०२२६६७१४६० वा यात्रुका आफन्तले काठमाण्डौस्थित एयरलाइन्सको कार्यालय ९४२४८६०७० मा सम्पर्क गर्न सकिने जनाएको छ ।

यो चार्टर्ड जहाजमार्फत फर्कने नेपालीका लागि भाडादर ३९० अमेरिकी डरल अर्थात ४७ हजार तीन सय रुपैयाँ तोकिएको छ । टिकट खर्च फर्कने आफैंले तिर्नुपर्ने हुन्छ ।

थाइल्याण्डमा रहनु भएका नेपाली नागरिकहरुको लागि नेपाल फर्कन चार्टर्ड उडान ब्यवस्था गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना ।

The Embassy of Nepal in Bangkok यांनी वर पोस्ट केले बुधवार, १० जून, २०२०


  •  
  •  
  •