छात्रावासमा आगलागी हुँदा १८ छात्राको मृत्यु

231
  •  
  •  
  •  

Fire on school dormitoryकाठमाडौँ, १० जेठ(एजेन्सी) : थाइल्याण्डको एक छात्रावासमा आगलागी हुँदा कम्तिमा १८ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

मृत्यु हुने छात्राहरूको उमेर ५ देखि १३ वर्ष रहेको स्थानीय प्रहरीले जनाएको समाचारमा जनाइएको छ । आइतबार बेलुका लागेको आगलागीका कारण घाइते भएकामध्ये २ जनाको अवस्था गम्भिर रहेको बताइएको छ भने दुई छात्रा बेपत्ता रहेको बीबीसीमा प्रकाशित समाचारमा जनाइएको छ ।

मृत्यु भएकाहरूमध्ये दुई छात्राको शरिर जलेर चिन्न नसकिने अवस्थामा रहेको छ ।

आगलागी नियन्त्रण गर्नका लागि उद्धारकर्मीहरूलाई करिब ३ घण्टा लागेको थियो । सुतिरहेको समयमा आगलागि भएका कारण ती छात्राहरूको मृत्यु भएको बताइएको छ ।

आगलागीको कारणबारे केही जानकारी हासिल नभएको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •