थाइल्याण्डकी पूर्वप्रधानमन्त्री शिनावात्रा देश छोडेर फरार

155
  •  
  •  
  •  

thai ex- priminister_yingluck_shinawatra1
थाइल्याण्ड, ९ भदौ (एजेन्सी) : थाइल्याण्डकी पूर्वप्रधानमन्त्री यिङ्लक शिनावात्रा देश छोडेर भागेको खुलासा भएको छ । चामल खरिदमा भ्रष्टाचार गरेको आरोपमा उनीमाथि मुद्दा लगाइएको थियो ।

उनलाई मुद्दा फैसलाका लागि अदालतमा बोलाएपनि अस्वस्थ भन्दै उपस्थित भएकी थिइनन् । उनी अदालतमा उपस्थित नभएपछि थाइल्याण्डको सर्वोच्च अदालतका न्यायाधीशले उनलाई पक्राउ आदेश जारी गरेका थिए ।

Yingluk

जब उनजको खाजी कार्य जारी भयो तब उनी देश छोडेर भागेको खुलासा भयो । उनी देश छोडेर गएको बताइएपनि कहाँ गइन् भन्ने बारे नखुलेको अधिकारीहरुले बताएका छन् । शिनावात्रा निकट व्यक्तिहरुका अनुसार अदालतको आदेश आउनु अवागै उनले देश छोड्ने निर्णय गरेकी थिइन् ।

थाइल्याण्डको प्रधानमन्त्री प्रयुथ चान ओचाले भने देशका सबै नाका बन्द गरी निगरानी गर्न आदेश दिएको बताएका छन् । अदालतमा सिनावात्रालाई नदेखेपछि आफूले सबै नाकामा कडा निगरानी गर्न आदेश दिएकाले उनी तत्काल देश बाहिर जान सक्ने सम्भावना नरहेको बताएका छन् ।

shinawatra

अदालतले उनी अस्वस्थ भएको कुनै प्रमाण नभेटिएको भन्दै मुद्दाको फैसला अर्को महिनाका लागि सारेको छ । यसअघि उनी प्रधानमन्त्री हुँदा चामल खरिदका लागि अनुदान दिँदा उनले भ्रष्टाचार गरेको आरोपमा अदालतमा मुद्दा परेको थियो ।

एक पूर्व मन्त्रीलाई भने यो मुद्दामा दोषि ठहर गर्दै अदालतले ४२ वर्ष जेल सुनाएको छ । सिनावात्राले आफूले कुनै पनि अनियमितता नगरेको तर सैनिक सरकारले रिसइबी साँध्न झुठो मुद्दा लगाएको बताउँदै आएकी थिइन् । बताउँदै आएकी थिइन् । दोषी ठहर भएमा शिनावात्रले १० वर्षका लागि जेल सजाय भोग्नुपर्ने हुनसक्छ ।


  •  
  •  
  •