थाइ एयरकाे विमानमा चरा ठोक्कियो, उडान अनिश्चित

132
  •  
  •  
  •  

काठमाडौ, ८ चैत (ओएनएस) : त्रिभुवन आन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा थाइ एयरकाे विमानमा चरा ठोक्किएकाे छ ।

आइतबार साढे १२ बजे बैंककबाट आएको बोइङ ७७७ विमानमा अवतरणको क्रममा चरा ठोक्किएको हाे ।

विमानस्थलका अनुसार विमानमा कुनै क्षति भने भएको छैन । चरा ठोक्किएपछि उक्त विमानको उडान अनिश्चित भएको छ । बैंककको लागि विमान १ बजेर ५ मिनेट जाँदा उड्ने तालिका थियो ।

थाई एयरका कर्मचारी सहदेव कटुवालका अनुसार विमान आजै उड्ने जनाएका छन् । तर उनले कतिबेला विमान उड्ने अझै निश्चित नभएको जनाए ।

उनले भने, ‘ विमानको सबै परिक्षण भएको छ, विमानमा क्षति भएको नभएको छ, विमान आजै उड्छ तर कतिबेला उड्न निश्चित हुन सकेको छैन । ’


  •  
  •  
  •