विदेशमा बसेर नेपालीले नेपालाई लट्री परेको भन्दै ठगी गर्न खोजेपछि पक्राउ

262
  •  
  •  
  •  

काठमाडौं, १९ फागुन (ओएनएस) : विगतमा विदेशी मान्छेहरु फेक कल गरेर तपाईलाई लट्री पर्यो भन्दै नेपालीहरु ठगिन्थे भने अचेल विदेशमा नेपाली नै बसेर नेपालीलाई लट्रीको नाममा ठग्न खोजेपछि उनका सहयोगी पक्राउ परका छन्।

अर्घाखाँची भूमिकास्थान नगरपालिका वडा नं ७ बस्ने सुनिल परियार सामाजिक सञ्जाल इमोमार्फत लट्रीको भ्रममा ठगिन पुगेका छन् ।

यही फागुन १० गते रोजगारीको सिलसिलामा युनाइटेड अरब दुबईमा रहेका प्रताप रानाले परियारलाई तपाईँलाई “रु २५ लाख लट्री परेको छ, नागरिकताको फोटोकपी पठाउनुस्”, भन्दै बैंकको खाता नं समेत इमोमार्फत मागेका थिए ।
ुरानाले परियारलाई झुठा मिठा मिठा अस्वासन दिएर कन्भेन्स गरेका थिए।

रानाको सबै कुराकानी भइसकेपछि उक्त पैसा प्राप्त गर्न केही कर लाग्ने भएकोले पैसा पठाइदिन भनेपछि परियारले पैसा पठाएका थिए।

विश्वास गरी रानाले भने अनुसार परियार आइएमइमार्फत ३६ हजार रुपैयारुपन्देहीका शैलेन्द्रकुमार बहराईलाई पठाइदिए । गत बिहीबार अपराह्न ३ बजेतिर साथी बचत तथा ऋण सहकारी संस्थामार्फत उक्त रकम आइएमइ गरेको एक घण्टापछि फेरी ७५ हजार पठाउन भनेपछि परियार दोधारमा परे ।

परियारले आफ्ना दाजु रमेशलाई उक्त सबै वृतान्त सुनाएपछि आफू ठगिएको थाहा पाए । उनका दाजु रामेशले अब पैसा नपठाउन सुझाव दिए । पहिला आफू ठगिएको थाहा पाएपछि अर्को दिन आफूले पठाएको ३६ हजार रुपैया कसरी पाउन सकिन्छ भन्दै दाजु भाइ प्रहरी कहाँ गए ।

इलाका प्रहरी कार्यालय लुम्बिनीमा शैलेन्द्रकुमारको नाममा ठगीको जाहेरी दर्ता गरेपछि प्रहरीले बहराईलाई पक्राउ गरी रकम असुली गरेको छ । साधारण पोशाकमा प्रहरी पठाई ठगी गर्ने भनिएका बहराईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लुम्बिनीले जानकारी दिएको छ ।


  •  
  •  
  •