यसरी परे प्रहरीनै ठगीमा

289
  •  
  •  
  •  

काठमाडौं, ५ चैत (अाेएनएस) : दुर्इ प्रहरीका जवाननै ठगीमा परेका छन्। उनीहरुलार्इ एक ब्यक्तीले सेटिङ मिलाएर युएन शान्ति मिसनमा पठाइदिने भनेर ठगी गरेकाे प्रहरीले जनाएकाे छ।
ती दुर्इ जवान अाफु ठगिएकाे महसुष भएपछि महानगरीय अपराध महाशाखा ठगीकाे उजुरी दिएका थिए। महाशाखाले साेही उजुरीकाे अाधारमा महोत्तरीका आनन्दकुमार मण्डललाई पक्राउ गरेको छ। उनीहरुले दुर्इ प्रहरी जवानसँग ४ लाख रुपैयाँ असुलेका थिए।

मण्डलले सिंहलाई डिएसपी बनाएर भेटघाट गराएका थिए। सिंहले आफूले मिसनमा पक्का पारिदिन सक्ने भन्दै झुक्याएर ठगी गरेका हुन्। सिंह फरार रहेको र मण्डललाई ठगी मुद्दामा कारबाही अघि बढाइएको महाशाखाका एसपी नरेन्द्र उप्रेतीले बताए।


  •  
  •  
  •