१२ करोड रुपैयाँ भन्दा बढी ठगी गर्ने नियन्त्रणमा

43
  •  
  •  
  •  

काठमाडौं, २७ पुस(ओएनएस) : १२ करोड रुपैयाँ भन्दाबढी ठगी गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले शुक्रबार बिहान ५२ वर्षीय मोहनमणि दाहाललाई पक्राउ गरेको महाशाखाका एसएसपी धिरजप्रताव सिंहले जानकारी दिए ।

ललितपुर जिल्ला अदालत ठगि मुद्दामा दाहाललाई २०७४ मंसिर १४ गते १२ करोड ३५ लाख रुपैयाँ जरिवान र दुई वर्ष कैद सजाय सुनाइएको थियो ।


  •  
  •  
  •