ठगी मुद्दामा फरार व्यक्ति पक्राउ

77
  •  
  •  
  •  

काठमाडौं । प्रहरीले वैदेशिक ठगी मुद्दामा फरार एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका वडा नं ३२ बस्ने सुमन देउजा रहेका छन् ।

देउजालाई वैदेशिक रोजगार न्यायाधिकरणले २०७१ माघ ४ गते एक वर्ष अघि ६ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना सुनाएको थियो । तर उनी फरार रहेका थिए ।

उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोले मंगलबार काठमाडौं रानीबनबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ ।


  •  
  •  
  •