ठगी आरोपमा म्यानपावर सञ्चालक पक्राउ

253
  •  
  •  
  •  

काठमाडौं, २९ फागुन(ओएनएस) : डेल्टा म्यानपावर कम्पनीका सञ्चालक ठगी आरोपमा पक्राउ परेका छन् ।

तुर्किमिनिस्तान पठाइदिन्छु भन्दै ६० जनासँग प्रति व्यक्ति ४ लाखका दरले पैसा उठाएर विदेश नपठाएपछि सञ्चालक राजन केसी पक्राउ परेका हुन् ।

पीडितले बानेश्वरमा रहेको म्यानपावरको कार्यालयबाट सञ्चालक केसीलाई नियन्त्रणमा लिएर वैदेशिक रोजगार विभागमा बुझाएका थिए ।

पीडितको उजुरीका आधारमा वैदेशिक रोजगार विभागले आवश्यक कारबाहीका लागि प्रहरी कार्यालयमा पठाएको छ ।


  •  
  •  
  •