टेक्सासमा एकै घरमा ६ बालकसहित ८ जनाको गोली हानी हत्या

104
  •  
  •  
  •  

texas-suspects-shot-family-of-eightकाठमाडौ, २५ साउन(एजेन्सी) : अमेरिकाको टेक्सासको ह्युस्टनमा एक व्यक्तिले छ बच्चासहित ८ जनाको गोली हानी हत्या गरेका छन् । मारिएका बच्चाहरू ६ देखी १३ वर्षसम्मका रहेको समाचारमा जनाइएको छ ।

शनिबार भएको यो घटनामा सबै शव घरको ३ वटा बेडरूममा भेटिएको थियो । मृत्यु हुनेहरूको हात बाधिएको थियो र उनको टाउकोमा केही पटक गोली हानिएको थियो । ४८ वर्षका डेविड कोन्ले नामका संदिग्ध आरोपीले प्रहरीसामू आत्मसमर्पण गरेका छन् । सुरूवाती जाँचका क्रममा डेविडले मृत महिलासँग सम्बन्ध थियो र हत्याको पछाडि घरेलु विवाद रहेको बताइएको छ ।

texas-suspects-shot-family-of-eight1मृत्यु हुनेमा एक विवाहित जोडी ५० वर्षीय डिवेन र ४० वर्षीय वेलरी ज्याक्सनसहित उनका पाँच बच्चा रहेका छन् । मृतकहरूमा आरोपी आक्रमणकारी डेविडको १३ वर्षीय छोरा पनि रहेको छ । ह्यारिस काउन्टी प्रमुख शेरिफ टिम केननले भने, ‘एकै परिवारका सदस्यहरूको सामुहिक हत्याको घटना अचम्मित पार्ने खालको छ । बिना कुनै उदेश्य कुनै व्यक्तिले यति धेरै मानिसको ज्यान लिन सक्छ, खासगरी बच्चाहरू ।’

texas-suspects-shot-family-of-eight2पीडित परिवारको एक आफन्तले सबैभन्दा पहिले आकस्मिक सेवामा फोन गरेर कुनै घटना भएको हुन सक्ने आशंका गरेका थिए । यसपछि प्रहरीहरु उक्त स्थानमा पुगेका थिए । उनीहरूले झ्यालबाट घरमा एक बच्चाको लाश देखे । उनीहरूको घरमा पस्ने प्रयास गर्दा आरोपीले उनीहरूमाथी नै गोली चलाए । प्रहरी पुगेपछि डेविडले आत्मसमर्पण गरे । डेविड कोन्लेलाई हत्याको आरोपमा पक्राउ गरिएको छ ।


  •  
  •  
  •