पठानकोट एयरबेसमा आक्रमण, २ सैनिक, ४ आक्रमणकारी मारिए

173
  •  
  •  
  •  

terrorist-attack-pathankotकाठमाडौँ, १८ पुस(एजेन्सी) : पञ्जावको पठानकोट एयरबेसमा शनिबार बिहान आक्रमण गरिएको छ । आक्रमणका क्रममा भएको भीडन्तमा २ भारतीय सैनिक र ४ आक्रमणकारी मारिएको समाचारमा जनाइएको छ ।

भारतीय सुरक्षाअधिकारीहरूका अनुसार बिहान ३ बजे आक्रमणकारीहरूले पठानकोटको एयरफोर्स स्टेशनमा आक्रमण गरेको थियो र प्राविधिक क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेका थिए । तर, सेनाले उनीहरूलाई उक्त स्थानमा पुग्न दिएनन् । वायुसेनाका जवानहरूले ती आक्रमणकारीहरूलाई स्टेशनभित्र नै रहेको एक भवनमा घेरेको थियो । यसपछि दुवैतर्फबा फायरिङ भएको थियो ।

वायुसेनाका जवान र एनएसजी कमान्डोहरूले स्टेशनभित्रको मोर्चा सम्हालेका थिए । करिब ६ घण्टासम्म भएको भीडन्तमा सेनाले चारै जना आक्रमणकारीलाई मारेको थियो भने सेना दुई जवानले समेत ज्यान गुमाएका थिए ।

अहिलेसम्म उक्त घटनाको जिम्मेवारी कुनै पनि आतंकी संगठनले लिएको छैन् । तर, यसको पछाडि जैश-ए-मोहम्मद आतंकी संगठनको हात रहेको आशंका गरिएको छ ।


  •  
  •  
  •