पाकिस्तानको कराची विमानस्थलमा आतंकवादी आक्रमण, २३ को मृत्यु

174
  •  
  •  
  •  

काठमाडौं, २६ जेठ (एजेन्सी) : पाकिस्तानको कराची विमानस्थलमा अतंकवादीले आधक्रमण गरेका छन् । आतंकवादीले कराचीस्थित कायदे आजम जिन्ना अंतर्राष्ट्रिय विमानस्थल परिसरको एक दुई तेल घरमा प्रवेश गरेर आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

घटनामा विमान स्थल सुरक्षा बलका केही अधिकारी र आतंकवादी मारिएको बताइएको छ । बीबीसीका अनुसार घटनामा हालसम्म ३ जना आतंककारी मारिएको पुष्टि भएको छ । भिडन्त जारी रहेको र त्यहाँ गोली चलेको आवज आइरहेको बताइएको छ ।

समाचारअनुसार यो घटना भइरहँदा सो विमानस्थलमा अवतरण गर्नुपर्ने विमानहरु अर्काेतर्फ मोडिएको छ । विमानस्थलमा रहेका यात्रु र जहाज सुरक्षित छन् । विमानस्थलको पुरानो टर्मिनलबाट आतंकवादी विमानस्थलमा प्रवेश गरेको पाकिस्तानी प्रहरीले जनाएको छ । यो घटनाको जिम्मा हालसम्म कसैले लिएको छैन् ।


  •  
  •  
  •