अपडेटः विद्यालयमा गोलाबारीसहित आत्मघाती हमला, १०४ मारिए

251
  •  
  •  
  •  

peshawar-school-attack1

अपडेटः केहीबेर अघि एक आतंककारीले आफूलाई बमले उडाएका छन् । उनले आफैलाई बमले उडाएपछि मृत्यु हुनेको संख्या थपिएको छ । अहिलेसम्म १ सय ४ जनाको मृत्यु भएको जनाइएको छ । मृत्यु हुनेमा ८४ जना विद्यार्थी रहेको समाचारहरूमा जनाइएको छ ।

काठमाडौ, १ पुष(एजेन्सी) : सिड्नीको लिन्ट क्याफेमा भएको आतंकी हमलाको २४ घण्टा पनि बित्न नपाउँदै पाकिस्तानको पेशावरमा अर्को आतंकी हमला भएको छ । पाकिस्तानको एक आर्मी स्कूलमा भएको आतंककारी हमलामा १२ छात्रछात्राको मृत्यु भएको र ४० भन्दा बढी घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्मयहरूले जनाएका छन् ।

विद्यालयभित्र छिरेका आतंककारीहरुले करिब २ सय बच्चाहरूलाई बन्धक बनाएका छन् भने करिब १ हजार बच्चाहरूलाई सुरक्षित रूपमा विद्यालय बाहिर निकालिएको छ । तहरिक-ए-तालिवान पाकिस्तानले यस घटनाको जिम्मेदारी लिएको छ ।

समा टेलिभिजनको प्रतिवेदन अनुसार सुरक्षाकर्मीहरुले आर्मी विद्यालयलाई चारैतर्फबाट घेरा हालेको छ । विद्यालयको नजिकै रहेको भवनहरू पनि खाली गराइएको छ । जब आतंककारीहरुले हमला गरेका थिए, उक्त समयमा विद्यालयमा एक कार्यक्रम भइरहेको थियो । घाइतेहरूलाई लेडी रीडिङ्ग अस्पतालमा पठाइएको छ । वार्सक रोडमा सवारी साधन आवतजावतमा रोक लगाइएको छ ।

विद्यालयको बाहिर बच्चाहरुको परिवारका सदस्यहरूको भिड लागेको छ । उक्त भवनभित्र सुरक्षाकर्मीहरू हेक अन्य कसैलाई पनि जान दिइएको छैन् ।

peshawar-school-attackस्थानीय प्रहरीका अनुसार सुरक्षाकर्मीहरुको कपडा लगाएर ६ आतंकवादीहरू विद्यालयमा छिरेका थिए र अन्धाघुन्ध गोली प्रहार गरेका थिए । यस्तै, सुरक्षाकर्मीले गरेको प्रतिकारका क्रममा एक प्रहरीले ज्यान गुमाएका छन् ।

peshawar-school-attack2एक प्रत्यक्षदर्शीले डन न्युजलाई दिएको जानकारी अनुसार जब गोली प्रहार सुरू भयो, शिक्षकहरुले विद्यार्थीहरुलाई भूईमा सुत्न लगाएका थिए । उनले भने, ‘केही बेरपछि पुगेका सुरक्षाकर्मीहरुले हामीलाई बाहिर निकाले । यस क्रममा वरण्डामा हाम्रो साथीहरुको लास देखिएको थियो ।’

peshawar-school-attack3तहरिक-ए-तालिवानका प्रवक्ता मोहम्मद खोरासनीले समाचार एजेन्सी एएसफीलाई विद्यालयमा ६ जना आतंककारी रहेको बताएका छन् । उनले भने, ‘उनीहरुलाई गोली प्रहार र आत्मघाती हमला गर्नका लागि त्यहाँ पठाइएको हो । हामीले उनीहरूलाई ठूला केटाकेटीलाई मार्ने आदेश दिएका छौ र साना बच्चाहरूलाई नमार्न भनेका छौ ।’

peshawar-school-attack4प्रधानमन्त्रीले नवाज सरिफले पेशावरका सैनिक विद्यालयमा भएको आतंककारी हमलाको निन्दा गरेका छन् । मुत्तहिदा कौमी मूभमेन्टका प्रमुख अल्फा हुसेनले पनि यसको भत्सर्ना गरेका छन् ।


  •  
  •  
  •