९ महिना अगाडि नै बनेको थियो पेरिस आक्रमण योजना

136
  •  
  •  
  •  

काठमाडौँ, २९ कात्तिक(एजेन्सी) : फ्रान्सको राजधानी पेरिसमा भएको आतंकी आक्रमणका सम्बन्धमा केहि तथ्यहरूको खुलासा भएको छ । अधिकारीहरूका अनुसार आतंकवादीहरूको ३ वटा फरक-फरक टोली यस आक्रमणमा संलग्नता रहेको थियो । यस आक्रमणका लागि करीब ९ महिना अगाडिदेखि नै योजना बनाइएको थियो ।

प्रहरीले बेल्जियमको ब्रसेल्सका ३ व्यक्तिलाई आक्रमणमा संलग्न भएको आशंकामा पक्राउ गरेको छ । यस्तै, बाटाक्लान कन्सर्ट हलमा हमला गर्ने एक आतंकवादीको पहिचान पनि गरिएको छ । हमलामा पहिचान भएका ती व्यक्ति मात्र १५ वर्षको रहेको बताइएको छ ।

अधिकारीहरूका अनुसार शनिबार राती गरिएको जाँचका क्रममा ती व्यक्ति गत अक्टुबर महिनामा लीरोस ग्रीक द्वीपको बाटो हुँदै प्रवासीका रूपमा फ्रान्स छिरेका थिए । प्रहरीलाई आतंकीको शव नजिकैबाट सिरियाको पासपोर्ट भेटिएको हो । ती १५ वर्षका नाबालिग आतंकीले फुटबल स्टेडियममा हमला गरेका थिए ।

फ्रान्सेली प्रहरीले कन्सर्ट हलमा आफूलाई विस्फोटक पदार्थसँगै विस्फोट गराउने एक बन्दुकधारीको पहिचान पनि भएको बताइएको छ । पेरिसका बासिन्दा रहेका २९ वर्षीय उमर इस्माइल मस्तेफई आक्रमणमा संलग्न व्यक्तिका रूपमा पहिचान गरिएको छ ।

उमरको पिता र ३४ वर्षीय दाजुलाई प्रहरीले हिरासतमा राखेको छ भने प्रहरीले उमरका अन्य साथी तथा आफन्तको घर पनि खानतलासी गरिरहेको छ । उमरको पहिचान उनको काटिएको औलाबाट भएको अधिकारीहरूले बताएका छन् । उमर चरमपन्थी इस्लामका नजिकै थिए तर उनको सम्बन्ध आतंकवादसँग जोडिएको पाइएको छैन् ।


  •  
  •  
  •