दुबईमा तेरियाको कार्यक्रम स्थगित, दर्शक निराश

97
  •  
  •  
  •  

ttttडिआइडी लिटिल मास्टर तीनकी बिजेता तेरिया फौजा मगरको उपस्थितिमा दुबइमा हुने भनिएको नेपाली कल्चर शो स्थगित भएको छ । तेरियाले लण्डनमा हुने अर्को कार्यक्रममा जानका लागि भिसा आवेदन दिएको र उनको पासपोर्ट भारतको मुम्बईस्थित नियोगमा रहेकोले टेरिया युएई आउन नसक्ने भएपछि कार्यक्रम नै स्थगित भएको हो ।

नेपाल आदिवासी जनजाति महासंघ युएईले टेरियाको उपस्थितीमा शुक्रबार बरदुबईको शेख राशिद अडिटोरियममा कार्यक्रम गर्ने भन्दै प्रचार प्रसार गरेको थियो । साथै यहाँको स्थानीय निकायबाट समेत अनुमती लिएर महासंघले टिकट बिक्री पनि गरेको थियो ।

कार्यक्रम स्थगित हुने भएपछि संचालकले टिकट शुल्क फिर्ता लिन दुबईबासीमा अनुरोध गरेको छ । प्राबिधिक कारणबस कार्यक्रम स्थगित हुने जानकारी पाएपछि तेरियालाई हेर्न चाहाने दुबईका दर्शक निराश बनेकाछन् ।


  •  
  •  
  •