डीआईडीमा धुम मचाइरहेकी तेरिया नेपालमा

591
  •  
  •  
  •  

काठमाडौं, जेठ (ओएनएस) : भारतीय च्यानल जीटीभीमा प्रसारण भइरहेको डान्स इन्डिया डान्स (डीआईडी) लिटिल मास्टर्सको अन्तिम सात भित्र परेकी नेपाली बालिका तेरिया फैजा मगर नेपाल आएकी छन्। प्रतियोगिताका लागि चार महिनादेखि भारतको मुम्बईमा रहेकी तेरिया अन्तिम पाँचमा छनोट हुने निश्चित भएपछि उनको गृहनगर रूपन्देहीमा नृत्य छायांकनका लागि जीटीभीको टोलीसहित उनी बिहीबार काठमाडौं हुँदै बुटवल गएकी हुन्।

रुपन्देही, रुद्रपुरकी ११ वर्षीया बालिका तेरियाले भारतको जिटिभीबाट प्रशारण हुने रियालिटी शो डान्स इन्डिया डान्स, (डिआईडी, लिटिल मास्टर्स–३) मा उत्कृष्ट प्रदर्शन गरेकी उनले गृहनगर बसाइको क्रममा आफ्नो नृत्य प्रस्तुत गर्दै आफूलाई विजयी बनाउन नेपाली सुभचिन्तकहरुसँग भोट माग्ने कार्यक्रम रहेको छ। डिआइडीमा तेरियालाई विजेता बनाउन नेपालीहरुले विभिन्न माध्यमबाट भोटिङ गरिरहेका छन्। प्रतियोगितामा सबै भन्दा बढी मत प्राप्त गर्ने प्रतियोगीनै उत्कृष्ट हुनेछन्।


  •  
  •  
  •  

Comments are closed.