तराई मधेशी टाईगर्स पार्टीले हतियार बुझायो

534
  •  
  •  
  •  

रुपन्देही, २० पुस (ओएनएस) : पश्चिम तराईमा सक्रिय भुमिगत समुह तराई मधेशी टाईगर्स पार्टीले प्रयोग गर्दै आएको हतियार सरकारलाई बुझाएको छ ।

सशस्त्र गतिबिधि गर्दै आएको पार्टीले संबैधानिक राजनीतिक सबांद तथा सहमति समितिबाट गठित वार्ता उपसमितिमार्फत सरकारलाई पहिलोचरण बिभिन्न हतियार बुझाएको छ ।

समितिले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पत्रकार सम्मेलन गरी पहिलो चरणमा ३ थान प्रेसर कुकर बम, ३ थान नाल कटुवा, ५ थान गोली, ३ थान टिफिन बम, ५थान ठुलो पाईप बम, ४ थान सानो पाईप बम, ५ हेण्ड ग्रिनेट बुझाएको हो

पार्टीले हाल सम्म प्रयोग गर्दै आएका १ सय ३० थान हात हतियार मध्य बाकिरहेका हतियार आगामि २७ गते बुझाई सक्ने पार्टीका वार्ता समिति संयोजकजर्नादन यादवले जानकारी दिनुभयो ।

पहिलो चरणमा हतियार बुझाएको पार्टीले हतियारको राजनीति छाडेर शान्तिपुर्ण रानीतिमा प्रबेश गर्ने बताउनु भयो । पार्टीसंग रहेका मोवाईल बम, प्रेसर कुकर बम लगाएत अन्य बांकि हतियार पनि सरकार वार्ता समितिकै संम्लग्नतामा २७ गते बुझाउने सरकारी वार्ता समितिसंयोजक आनन्द प्रसाद ढुंगानाले जानकारी दिनुभयो ।


  •  
  •  
  •