कार्यकर्ताको मृत्युपछि ३० दलीय मोर्चाको आज तराई बन्द

269
  •  
  •  
  •  

काठमाडौं, २९ पुस (ओएनएस)  : एमाआवोदी नेतृत्वको विपक्षी ३० दलीय मोर्चाले सोमबार आह्वान गरेको बन्दको क्रममा एक कार्यकर्ताको मृत्यु भएको बन्दै आज तराई बन्दको घोषणा गरिएको छ ।

मोर्चाका संयोजक तथा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले जारी गरेको प्रेश विज्ञप्तिमा सोमबार गरिएको मधेश बन्दको क्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै गंभिर ध्यानकर्षण जनाइएको छ । साथै प्रहरी दमनको बिरोध गर्दै आज तराईका सबै भागमा बन्दको घोषणा गरिएको विज्ञप्तिमा उल्लेख छ ।

सोमबार गरिएको बन्दको क्रममा जनकापुरमा एक बन्दकर्ताको मृत्यु भएको थियो । बजार बन्द गराउन हिडेको जुलुसमा सहभागि राजाराम झाको मृत्यु भएको प्रहरीले पुष्टि थियो । जानकी मन्दिरबाट सुरु भएको जुलुसमा सहभागि महोत्तरी, एकरइया घर झा भ्रमरपुरा चोकमा पुगेपछि अचानक ढलेका थिए । अचेत अवस्थामा रहेका उनलाई घटनास्थलबाट प्रहरीले जनकपुर अञ्चल अस्पतालमा लगेको थियो ।

प्रहरीले झडप नभएको बताए पनि बन्दकर्ताले झालाई प्रहरीले षड्यन्त्रमूलक रुपमा मारेको आरोप लगाउँदै आएका छन् । मृत्यु भएका उनलाई सहिद घोषणा गर्न पनि ३० दलीय मोर्चाले माग गरेको छ ।

30 dal release


  •  
  •  
  •