साउदी अरेबियामा दशौ पाकिस्तानीको टाउको छिनाइयो

229
  •  
  •  
  •  

knife-murderकाठमाडौ, २७ मंसिर(एजेन्सी) : साउदी अरबमा यस वर्ष अहिले सम्म १० जना पाकिस्तानीहरूको हत्या गरिएको छ । उनीहरूको टाउको छिनाएर हत्या गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बिहिबार राजधानी रियादमा मुहम्मद फयाज आजमको टाउको छिनाइएको थियो । मोहम्मदमाथी नशालु पदार्थको तस्करी गरेको आरोप थियो । साउदी प्रेस एजेन्सी अनुसार गृह मन्त्रालयले उक्त सूचना दिएको हो ।

यस वर्ष अहिलेसम्म साउदी अरबमा ७९ मानिसको टाउको छिनाइएको छ । यसमा प्राय सबै विदेशी रहेका छन् । यस्तै, अहिले पनि करिब ५० पाकिस्तानीहरू मृत्युको मुखमा रहेको बताइएको छ । उनीहरूमाथी पनि नशालु पदार्थको तस्करी गरेको आरोप छ ।

मानव अधिकार संगठनले यस्तो सजायको विरोध गरेका छन् । उनीहरूले यो अमानवीय हो र यस्ता मृत्युदण्ड दिन नहुने बताएका छन् । साउदी अरबमा मानिसहरूले कहिलेकाँही त आफ्नो रक्षा गर्ने मौका पनि पाउँदैनन् ।

साउदी अरबमा बलात्कार, हत्या र डकैतीको सजाय पनि मृत्युदण्ड नै रहेको छ । तर, नशालु औषधीहरूको घटनामा धेरै मानिसहरूलाई मृत्युदण्ड दिने गरेको छ ।


  •  
  •  
  •