पूर्व नम्बर वन टेनिस खेलाडी एलिना रहिनन्

171
  •  
  •  
  •  

काठमाडौं, २२ वैशाख (एजेन्सी) : बेलायतकी पूर्व नम्बर वन टेनिस खेलाडी एलिना बाल्टाचाको ३० वर्षको उमेरमा निधन भएको छ ।
लिभर क्यान्सरबाट पीडित एलिनाले दुई महिना अगाडि मात्र आफू क्यान्सर रोगसँग जुधिरहेको बताएकी थिइन् ।
उनको आइतबार विहान आफ्नै निवासमा निधन भएको हो । उनको निधनपछि पति निनो सेमेरिनोले यो घटनालाई मुटु नै टुटेको रुपमा व्याख्या गरेका छन् ।
एउटा सन्देश सार्वजनिक गर्दै निनोले पत्नी एलिनाको निधनले आफूलाई भाव विह्वल बनाएको उल्लेख गरेका छन् । एलिनालाई ब्याली नामले पनि चिन्ने गरिन्छ ।
 7c273fa9f3bd13de50562c4c7768a491 7707e2a05db975bd5efd6e1d3523e273 aed1d3fe69359144ff8b8a9a585fa4b2

  •  
  •  
  •