बेटवनएस टेनिस प्रतियोगितामा समर्थकको प्रवेशलाई अनुमति

202
  •  
  •  
  •  

एजेन्सी । बर्लिनमा हुन लागेको बेटवनएस टेनिस प्रतियोगितामा समर्थकको प्रवेशलाई अनुमति दिने भएको छ । यो प्रदर्शनी खेलमा स्थानीय सरकारले सिमित दर्शकलाई कोर्टमा प्रवेश गर्न दिने बताएका छन् ।

उनीहरुले योसँग त्यसको केहि दिनपछि हुने अर्को प्रतियोगितामा पनि सिमित दर्शकलाई प्रवेश गराउने भएका छन् ।

जुलाई १३ देखि १५ तारिखसम्म हुने प्रतियोगितामा एक दिनमा आठ सय समर्थकलाई खेल स्थलमा प्रवेश गराइने भएको छ । त्यसपछि हार्ड कोर्टमा खेलाइने प्रतियोगितामा दिनमा दुई सय समर्थकलाई खेल हेर्न अनुमती दिइने समेत जनाइएको छ ।

सिमित दर्शक भएपछि कोर्टमा प्रवेश गराउनु सकारात्मक भएको खेलाडीको भनाई छ ।


  •  
  •  
  •