सुन तस्करीको अभियोगमा राखेप उपाध्यक्ष टेण्डी शेर्पा पक्राउ

219
  •  
  •  
  •  

tendi sherpaकाठमाडौं, १५ चैत (ओएनएस) : राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेण्डी शेर्पा सुन तस्करी गरेको अभियोगमा पक्राउ परेका छन् । शनिबार राति हङकङबाट नेपाल आउँने क्रममा २५ तोला अबैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमा शेर्पालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चेकजाँच गर्नेक्रममा उनको साथबाट अवैध सुन फेला पारिएको थियो । पक्राउपछि नयाँ बानेश्वर प्रहरी बृत्तमा राखिएका शेर्पालाई विमानास्थल भन्सारमा कार्यालयमा बुझाइएको छ ।

एमाले कोटामा राखेप उपाध्यक्ष बनेका शेर्पा नेपाल ओलम्पिक कमिटिका उपमहासचिव तथा नेपाल बास्केलबल संघका अध्यक्ष पनि हुन् ।

शेर्पाले अमृत साइन्स क्याम्पसबाट एमाले विद्यार्थी संगठन अनेरास्ववियुको राजनीति थालेका थिए ।


  •  
  •  
  •