काठमाडौँ, ९ पुस(ओएनएस) : बिहिबार राजधानीको तापक्रम शुन्यमा झरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहिबार बिहान ८:४५ मा न्यूनतम तापक्रम ०.० डिग्री सेल्सियस रेकर्ड भएको छ । बुधबार बिहान ०.९ डिग्री मापन गरिएको तापक्रम आज बिहिबार थप घटेर ०.० डिग्री मापन गरिएको महाशाखाले जनाएको छ ।
काठमाडौको तापक्रम घट्दा काठमाडौँमा हिऊँ पर्ने संकेत समेत देखिएको छ । राति छतमा राखेको पानी बिहान उठेर हेर्दा जमेको अवस्थामा पाइएको छ । रातभर चिसोमा रहेको पानी तापक्रम शुन्यमा पुगेका कारण जमेको हो । यस्तै, सुकाउन भन्दै छाडिएका लुगामा समेत हिउँ परेको छ । सुकाउन राति छतमा छाडिएको लुगामा करिब २ इन्चजति बाक्लो हिऊँ पाइएको हो ।
पछिल्लो दुई सातामा काठमाडौंको तापक्रम निरन्तर घटिरहेको छ । मौसममा परिर्वतन नहुने र यहि अवस्थामा रहने हो भने तापक्रम अझै घट्नेछ ।