टेलिकमले इन्टरनेट सेवाको महशुलमा वृद्धि नगर्ने

102
  •  
  •  
  •  

काठमाडौं । नेपाल टेलिकमले इन्टरनेट सेवाको महशुल दरमा कुनै वृद्धि नगर्ने भएको छ । सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाउने निर्णय गरिसकेको अवस्थामा ग्राहकको सुविधा र सहजतालाई ध्यानमा राखी कम्पनीले भने इन्टरनेट महशुल दरमा कुनै वृद्धि नगर्ने भएको हो ।

सेवाग्राहीलाई अझ बढी सहुलियत दरमा सेवा उपलब्ध गराउन हालै कार्यान्वयनमा ल्याइएको समर अफरमा इन्टरनेट लगायतका सेवाहरुमा थप सहुलियत सहितका प्याकेजहरु प्रस्तुत गरी सेवालाई अझ कम खर्चिलो बनाइएको टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमले देशका सुगमदेखि दुर्गम हरेक स्थानमा सहुलियत दरमा गुणस्तरीय दूरसञ्चार सेवाहरु प्रदान गर्ने आफ्नो नीतिलाई निरन्तरता दिइरहेको सह–प्रवक्ता कृष्णप्रसाद भण्डारीले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

यो पनि हेर्नुहोस्

बुधबारदेखि इन्टरनेटको शुल्क बढ्ने


  •  
  •  
  •