टेलिकमद्वारा ‘एण्ड्रोइड स्मार्टफोन’ वितरण

295
  •  
  •  
  •  

काठमाडौं । नेपाल टेलिकमले सुनसरीमा दृष्टिसम्बन्धी अपांगता भएका विद्यार्थीलाई ‘एण्ड्रोइड स्मार्टफोन’ सिमकार्डसहित वितरण गरेको छ ।

कम्पनीले विद्यार्थीको अध्ययन कार्यमा सहयोग पु¥याउने उद्देश्यले फोन वितरण गरेको बताएको छ । सुनसरीको इटहरीमा आयोजित एक कार्यक्रममा दृष्टि सम्बन्धी अपांगता भएका बाह्र र स्नातक अध्ययनरत विद्यार्थीहरुलाई सामसुङ ग्यालेक्सी एम २० स्मार्टफोन उपलब्ध गराइएको हो ।

कम्पनीका अनुसार टेलिकमले उपलब्ध गराएको विद्यार्थी अफर अन्तर्गतको सुविधा उपयोग गरी ६ महिनासम्म प्याकेज र १ वर्षसम्म बोनसको सुविधा उपयोग गर्न सक्नेछन् ।
अपांगता भएका व्यक्तिहरुका लागि कम्पनीले भ्वाइस सेवामा समेत विशेष सुविधा उपलब्ध गराइरहेको छ ।
कम्पनीका तर्फबाट दूरसञ्चार कार्यालय इटहरीका प्रमुख उप–प्रबन्धक ज्ञानेश दंगालले मोबाइल सेट हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा दंगालले मोबाइल सेट र उपलब्ध सञ्चार सुविधाहरुले विद्यार्थीहरुको पढाईमा सहयोग पु¥याउनुका साथै सहज जीवन यापनमा भूमिका निर्वाह गर्ने बताए ।

कार्यक्रममा प्रमुख व्यावसायिक अधिकृतको कार्यालयका वरिष्ठ प्रशासकीय अधिकृत घनश्याम पाण्डेले कम्पनीको तर्फबाट गरिएको सहयोगले दृष्टि सम्बन्धी अपांगता भएका विद्यार्थीहरुलाई सूचना प्रविधिमैत्री वातावरण प्रदान गर्न र थप योग्यता निर्माण गर्न सहयोग पुग्ने बताए ।
विभिन्न सेवासहितको मोबाइल प्राप्त गरेपछि एमपी थ्री बोक्नुपर्ने वाध्यता हटेको र अध्ययनका लागि प्रयोग गर्नुपर्ने विभिन्न एप्सहरु अब एउटै उच्च क्षमताको मोबाइलबाट प्रयोग गर्न सकिने भएकाले हामीलाई निकै हौसला मिलेको मोबाइल प्राप्त गर्ने बिद्यार्थी पदम ठटालले बताए ।

पदम महेन्द्र बहूमुखी क्याम्पस धरानमा शिक्षा संकायतर्फ स्नातक चौथो वर्षका विद्यार्थी हुन् । ‘आइसिटी फर द स्टुडेण्ट विथ भिजुअल डिसएबिलिटी’ कार्यक्रम मार्फत प्रदेश नम्बर १ मा सुनसरीको इटहरी र कर्णाली प्रदेशमा सुर्खेतको वीरेन्द्रनगरका विद्यार्थीहरुलाई सहयोग गर्ने कम्पनीको कार्यक्रम रहेको छ ।

यस अन्तर्गत आर्थिक एवं प्राविधिक रुपमापछि परेका जम्मा २० जना दृष्टिविहीन विद्यार्थीहरुलाई कम्पनीको सिमकार्डसहित एण्ड्रोइड स्मार्टफोन उपलब्ध गराएर अत्याधुनिक सूचना प्रविधिमा आधारित अध्ययनको अवसर प्रदान गर्न लागिएको हो ।


  •  
  •  
  •