टेलिकमद्वारा सात दिनका लागि रिचार्ज बराबरको बोनस रकम दिन शुरु

58
  •  
  •  
  •  

काठमाडौं । नेपाल टेलिकमले सात दिनका लागि रिचार्ज बराबरको बोनस रकम दिन शुरु गरेको छ।

बुधबार १२ बजेदेखि शुरु भएको यो सेवा सरकारले तोकेको लकडाउनको अवधिभरका लागि मात्र हुने टेलिकमका प्रबन्धनिर्देशक डिल्ली अधिकारीले जानकारी दिएका छन् ।

लकडाउनको अवधि बढेमा बोनस अवधि पनि स्वतः बढ्ने प्रबन्ध निर्देशक अधिकारीले बताए ।

नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुलाई ग्राहकले रिचार्ज गरे बराबरको बोनस दिन निर्देशन गरे लगत्तै यो व्यवस्था भएको हो ।

रिचार्ज बराबरको बोनस लकडाउनको अवधिभर नसकिए स्वतः काटिनेछ ।


  •  
  •  
  •