जीएसएम मोबाइल सेवामा समस्या आउन सक्ने

268
  •  
  •  
  •  

काठमाडौं । नेपाल टेलिकमले जीएसएम मोबाइल सेवामा समस्या आउन सक्ने जनाएको छ । कम्पनीले आफ्नो सेवालाई फोरजीमा अपग्रेड गर्न लागेकाले त्यसका कारण सेवामा समस्या देखिन सक्ने जनाएको हो ।

कम्पनीले तत्कालै मुख्य शहररुमा फोरजी सेवा विस्तारका लागि विभिन्न प्राविधिक कामहरु गरिरहेको छ । यसैक्रममा मोबाइल सेवा प्रभावित हुन सक्ने टेलिकमको जनाएको छ ।

टेलिकमका अनुसार शनिबार राति ११.३० बजेबाट मोबाइल सेवामा केही समस्या देखिन सक्ने छ । सिस्टम अपग्रेड हुँदा सेवामा कुनै समस्या आए मोबाइल अफ गरेर पुनः अन गर्न कम्पनीले सुझाव दिएको छ ।
यस्तै यो सेवा अपग्रेड गर्दा देखिने समान्य समस्या भएकाले सकारात्मक सहयोग गर्न समेत टेलिकमले आग्रह गरेको छ ।


  •  
  •  
  •