एक बर्ष भित्र देशभर एनटीसीको थ्रीजी

344
  •  
  •  
  •  

काठमाडौ २८ साउन (ओएनएस) : नेपाल टेलिकमले १ बर्षभित्र देशभर थ्रीजी विस्तार गर्ने भएको छ । यस योजना अन्तर्गत अधिकांश जिल्लाका सदरमुकाम र यसको आसपास तथा प्रमुख व्यापारिक केन्द्रहरुमा सञ्चालनमा ल्याइएको टेलिकमका प्रवन्ध निर्देशक बुद्विप्रसाद आचार्यले बताए ।
उनले अन्य क्षेत्रहरुमा निकट भविष्यमा सञ्चालनमा ल्याउने तयारी गरिएको उनले जानकारी दिए । अन्य क्षेत्रहरुमा छिटै सञ्चालनमा ल्याउने तयारीका साथ हाल उपकरण जडानको क्रममा रहेको छ’ उनले भने ।

यो सेवा मार्फत उपभोक्तालाई भ्वाइस सेवाका अतिरिक्त उच्च गतिको डाटा डाउनलोड तथा अपलोड गर्ने सुविधा उपलब्ध हुन्छ । जीएसएम मोवाइलको १ करोड लाइन विस्तार गर्ने कार्यक्रम अन्तर्गत यो सेवा सञ्चालनमा ल्याइएको नेपाल टेलिकमले जानकारी दिएको छ । कम्पनीले १ करोड लाइन विस्तारलाई दुईओटा प्याकेजमा बर्गिकरण गरी कार्यक्रम सुरु गरेको हो ।

जसमध्ये प्याकेज ‘ए’ अन्तर्गत पूर्वाञ्चल,मधयमाञ्चल,सुदुरपश्बिचमाञ्चललगायत विकासक्षेत्र तथा प्याकेज ‘वी’ अन्तर्गत काठमाडौं उपत्यका र पश्चिमाञ्चल विकास क्षेत्र रहेका छन् ।

कम्पनीले पूर्वाञ्चल विकास क्षेत्रको मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानमा ३३ ओटा र मध्यमाञ्चल विकास क्षेत्रका बाँके बर्दिया ,सुर्खेत दैलेख,रोल्पा,सल्यान,प्युठान र जुम्लामा ३७ ओटा विटीएस टावर मार्फत थ्रजी सञ्चालनमा ल्याएको जानकारी दिएको छ । त्यस्तै सुदुरपश्चिमाञ्चल विकास क्षेत्रका ९ ओटै जिल्लामा ३७ ओटा टावर मार्फत थ्रीजी सेवा सञ्चालनमा ल्याएको हो । त्यसैगरी काठमाडौ उपत्यकाको चक्रपथ भित्रका सीमित क्षेत्रमा सेवालाई विस्तार गरी उपत्यकाभरी सेवा उपलब्ध गराइएको बताइएको छ ।


  •  
  •  
  •