टेलिकमले ल्यायो दशैं छुट योजना , अव ५० पैसामा एसएमएस

77
  •  
  •  
  •  

ntcकाठमाडौं, १२ असोज (ओएनएस) ः नेपाल टेलिकमले सोमवारदेखि लागु हुने गरी दशै छुट योजना सार्वजनिक गरेको छ । टेलिकमले यस बर्ष जीएसएम तथा सीडीएमए कलको हालको महसुल दरमा १० प्रतिशत छुट उपलब्ध गराएको छ ।

सो अवधिभित्र जीएसएम तथा सीडीएमए पोष्पेड मोवाइलबाट प्रतिमिनेट ९० पैसा र प्रिपेडबाट प्रतिमिनेट १ दशमलव ३५ रुपैयाँमा कल गर्न सकिने टेलिकमकी प्रवक्ता गुणकेशरी प्रधानले बताइन् ।

त्यस्तै एसएमएसमा पनि ५० प्रतिशत छुट उपलब्ध गराएको छ । जसमा उक्त अवधिभित्र ५० पैसामा एसएमएस गर्न सकिन्छ । पीएसटीएन सेवाका ग्राहकलाई न्युनतम मासिक महसुल २ सय मा १ सय ७५ स्थानिय कल निशुल्क गरिएको छ । त्यस्तै जीएसएम सेवाको जीपीआरएस तथा थ्रीजी इन्टरनेट डाटा प्रति एमबी ५० पैसामा उपलब्ध गराउने भएको छ ।

त्यस्तै सीडीएमएको इ–भिडियो इन्टरनेट प्रतिएमबी ४० पैसामा उपलब्ध गराउने उनले जानकारी दिइन् ।

दशैको अवधिभर भ्यालीडीटी सकिने भोलुम वेस एडीएसएल तथा वाइम्याक्स सेवाका ग्राहकहरुलाई अधिकतम थ्रीजीवी डाटा थप गरिने बताइएको छ । उक्त थप डाटाको भ्यालीडीटी २१ गतेसम्म कायम रहने छ ।
यसैगरी तिहार र छठमा भ्यालीडीटी पिरियड सकिने ग्राहकलाई समेत ३ जीवी डाटा थप्ने भएको छ । सिडीएमए सेवाका ग्राहकलाई असोज २१ गतेसम्मका लागि प्रत्येक रिचार्जमा १० देखि २० प्रतिशत बोनस उपलब्ध गराइएको छ ।

यसअनुसार उक्त अवधिभित्र प्रत्येक २ सय रुपैयाँकोे रिचार्ज गर्दा रु.२० र ५ सय को रिचार्ज गर्दा रु.७५ तथा १ हजारको रिचार्ज गर्दा रु. २ सय बोनस उपलब्ध टेलिकमले जानकारी दिएको छ ।


  •  
  •  
  •