टेलिकमको आन्दोलन स्थगित

139
  •  
  •  
  •  

काठमाडौं, ११ असोज (ओएनएस) :  गैरइन्जिनियरलाई नेपाल टेलिकमको प्रवन्ध निर्देशक बनाएको भन्दै आन्दोलमा उत्रिएका इन्जिनियर र टेलिमक व्यवस्थापन विच सहमति भएको छ । सञ्चार सचिव तथा कम्पनीका अध्यक्ष सुनिलबहादुर मल्ल र आन्दोलित कर्मचारीविच छलफल भएपछी सहमति भएको हो । सहमतिपश्चात् इन्जिनियरहरुले आन्दोलन फिर्ता लिएका छन्।

सरकरले गैर इन्जिनियरलाई कम्पनीको प्रमुख बनाएको भन्दै २० दिनअघिदेखि कम्पनीका इन्जिनियर समूहले आन्दोलन तथा प्रबन्ध निर्देशकको कार्यकक्षअगाडि धर्ना दिँदै आएका थिए।

सरकारले गत भदौ १९ गते कम्पनीको प्रबन्ध निर्देशकका कम्पनीकै सचिवालयमा नायब प्रबन्ध निर्देशक रहेका बुद्धिप्रसाद आचार्यलाई प्रबन्ध निर्देशकमा नियुक्त गरेको थियो।
अबदेखि प्रबन्ध निर्देशक हुँदा नयाँ प्रक्रियाबाट गराउने र आन्तरिक संस्थागत सुधारका विषयमा कुरा मिलेपछि आन्दोलन नगर्ने सहमति भएको बताइएको छ ।

 व्यवस्थापनले अहिले प्रबन्ध निर्देशकको समयावधि घटाउने, प्रबन्ध निर्देशक भएपछि तल्लो पदमा आउन नपाउने गरी स्वतः अवकास पाउने, प्रबन्ध निर्देशक नियुक्त गर्दा समिति बनाएर आन्तरिक प्रतिस्पर्धाबाट सरकारलाई सिफारिस गर्ने, ३ महिनाभित्र स्वेच्छिक अवकास लागू गराउने र कर्मचारीहरुको वृति विकासका लागि विभिन्न तालिम र योजना ल्याउने कुरामा सहमति भएपछि आन्दोलन स्थगित गरिएको बताइएको छ ।

आन्दोलन स्थगित भएपछि टेलिकममा दसैं तिहारका लागि ग्राहकलाई ल्याउने अफर र स्किम आइतबार साँझ वा सोमबारदेखि लागू गर्ने भएको छ।टेलिकमले आइतवारदेखि नै ग्राहकका लागि विगतमा दिँदै आएको अफर र स्किम घोषणा गर्नेगरी शनिबार पनि काम भएको जानकारी दिएको छ ।

 


  •  
  •  
  •