टेलिकममा आन्दोलन

85
  •  
  •  
  •  

काठमाडौं, २३ भदौ (ओएनएस) : सरकारले गैर–प्राविधिकलाई प्रवन्ध निर्देशकमा नियुक्ति गरेको भन्दै आन्दोलनमा उत्रिएका नेपाल टेलिकमका इन्जिनियरलाई सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले निर्णय खारेज गर्न गाह्रो हुने जवाफ दिएका छन् ।

निर्णयको खारेजीको माग गर्दै सोमवार भेट्न गएका टेलिकमका प्राविधिक समूहलाई मन्त्री रिजालले मन्त्रिपरिषद्बाट निर्णय भएकाले तत्कालै निर्णय खारेज गर्न गाह्रो हुन बताएका हुन् । भेटमा सहभागी सदस्य  रामचन्द्र पाण्डेले ओएनएस न्यूजसँग भने,‘उहाँले केही गल्ती महसुस त गर्नुभयो तर तत्कालै निर्णय खारेज गर्न नसक्ने भन्दै संस्थाको पुनर्संरचना लगायका कुरामा लगेर विषय मोड्ने प्रयास गर्नुभयो ।’

गत बिहीबार मन्त्रिपरिषद्ले टेलिकमको प्रवन्ध निर्देशकमा बुद्धीप्रसाद आचार्यलाई नियुक्त गरको थियो । आचार्य झण्डै ११ बर्ष अघि टेलिकमको चार्टड एकाउन्टेनको १० औं तहमा सेवा प्रवेश गरेका थिए । कर्मचारीले टेलिकम प्राविधिक सेवा प्रदायक कम्पनी भएकाले प्राविधिक व्यक्ति नै नियुक्त हुनुपर्ने भन्दै अस्तिदेखि आन्दोलन सुरु गरेका छन् ।

संघर्ष समितिका सदस्य पाण्डेले आफूहरुको आन्दोलन नरोकिने बताए । उनले भने,‘हाम्रो चासो संस्था राम्रो होस भन्ने हो, यो संस्था डुबाउने निर्णय हो त्यसैले आन्दोलन रोकिदैन ।’ कर्मचारीहरुले प्राविधिक समुहबाटै प्रवन्धन निर्देशन नियुक्ती हुनुपर्ने माग गरेका छन् ।


  •  
  •  
  •