टेलिकमको आम्दानी नौ महिनामै २९ अर्व

181
  •  
  •  
  •  

काठमाडौँ, २४ असार (ओएनएस) । नेपाल टेलिकमले चालु आर्थिक वर्षको नौ महिनामा २९ अर्ब १२ करोड ३४ लाख रुपैंया आर्जन गरेको छ ।

चालु आर्थिक बर्षमा नेपाल टेलिकमलाई ८ अर्व ६० करोड ६४ लाख मुनाफा भएका कम्पनीले जानकारी दिएकोे छ ।

यो आर्जित रकममा कर कटाए पछिको मुनाफा भएको हो ।
कम्पनीको मङ्गलवार सार्वजनिक भएको छैटौँ वार्षिक प्रतिवेदन अनुसार कम्पनीले अघिल्लो आवमा ३८ अर्ब ८५ करोड आम्दानी गरेको थियो । यो आवमा ४१ अर्ब ६५ करोड हासिल गर्ने लक्ष्य निर्धारण गरेको थियो । नौ महिनाको आम्दानीलाई आधार मान्दा लक्ष्य हासिल गर्न कठिन नहुने प्रतिवेदनमा उल्लेख छ ।

चैत मसान्तसम्म ७ लाख ९९ हजार तीनसय २३ लाइन तारयुक्त फोन, ८५ लाख ७१ हजार चारसय ७९ मोबाइल लिएका छन् । त्यस्तै कोड डिभिजन मल्टिपल एक्सेस (सिडिएमए) फोन लिनेको सङख्या ११ लाख ८४ हजार एकसय २६ पुगेको कम्पनीले जानकारी दिएको छ ।

त्यस्तै एसिमिट्रिक डिजिटल सब्सक्राइबर लाइन (एडिएसएल) का ग्राहक १लाख १६ हजार तथा इन्टरनेट जडान गर्नेको सङ्ख्या ४३ लाख १८ हजार ३ सय ३५ पुगेको बताइएको छ । छैटौँ वार्षिक प्रतिवेदनअनुसार गत चैत मसान्तसम्ममा मुलुकमा दूरसञ्चार सेवा प्रयोग गर्नेको सङ्ख्या एक करोड चार लाख छ हजार पुगेको नेपाल टेलिकमले जानकारी दिएको छ ।


  •  
  •  
  •