दसैंको उपलक्ष्यमा टेलिकमको विशेष छुट योजना

280
  •  
  •  
  •  

काठमाडौं, १३ असोज (ओएनएस) : चाड पर्वको अवसरमा नेपाल टेलिकमले प्रदान गर्दै आएको छुट आजबाट सेवाग्राहीले प्राप्त गर्ने भएका छन् ।
जिएसएम तथा सिडिएमए सेवामार्फत कम्पनीकै नेटवर्क भित्र हुने कलको विद्यमान महसुल दरमा आजदेखि देखि २१ गतेसम्म तथा आगामी कात्तिक ४ देखि १३ गतेसम्म १० प्रतिशत छुट उपलब्ध गराउने भएको हो  ।

यो अवधिभित्र पोस्टपेड मोबाइलबाट प्रतिमिनेट ९० पैसा र प्रिपेडबाट प्रतिमिनेट रु १.३५ मा कल गर्न सकिने कम्पनीले जनाएको छ । एसएमएस सेवाको विद्यमान महसुल दरमा ५० प्रतिशत छुट गरी मात्र ५० पैसामा कायम गरेको छ ।
कम्पनीले पिएसटिएन सि–फोन सेवाका ग्राहकलाई न्युनतम मासिक महसुल रु २०० मा १७५ स्थानीय कल निःशुल्क उपलब्ध गराइरहेकोमा असोज र कात्तिकमा १०० स्थानीय कल थप गरी न्यूनतम मासिक महसुलमा कुल २ सय ७५ कल निःशुल्क उपलब्ध गराउनेछ । त्यस्तै इन्टरनेट सेवामा पनि ग्राहकले लिने सेवाको आधारमा छुट दिने कम्पनीले जनाएको छ । 


  •  
  •  
  •