दाङमा टेलिफोन सेवा अवरुद्ध

116
  •  
  •  
  •  

दाङ, १० असोज (ओएनएस) : शुक्रवार विहानदेखि तुलसीपुर क्षेत्रमा नेपाल टेलिकमको मोवाईल सेवामा समस्या देखिएको छ । दाङसहित राप्तीका सबै जिल्लाहरुमा यस्तो समस्या देखिएको बताईएको छ ।

अंचल टेलिकमको कार्यालयले बिहीवार बाँकेको धम्बोजी चौकमा सडक निर्माणकाक्रममा त्यँहा बिच्छाईएको फाइवर लाईन काटिन पुग्दा मोवाई सेवा अवरुद्ध भएको जनाएको छ । टेलिकम प्रमुखले अपरान्ह ४ बजे पछि सेवा सूचारु हुने आस्वासन दिएपनि राती अवेरमात्रै सेवा सूचारु भएको थियो ।

तर आज विहान देखि फेरी सेवा अवरुद्ध हुँदा नमस्ते मोवाई प्रयोग कर्ता उपभोक्ता समस्यामा परेका छन् भने संचारकर्मीलाई सूचना संकलनमा समस्या भएको छ ।


  •  
  •  
  •