काठमाडौं, २३ भदौ (ओएनएस) : नेपालको कुल जनसंख्याको ९२ प्रतिशत जनता टेलिफोनको पहुँचमा रहेको तथ्य सार्वजनिक भएको छ । नेपाल दुरसञ्चार प्रधिकरणका पछिल्लो तथ्याङक अनुसार हालसम्म टेलिफोनको प्रयोगकर्ताको संख्या २ करोड ४५ लाख ५६ हजार पुगेको छ ।
दुरसञ्चार सेवा प्रदायकवीचको तीव्र प्रतिश्पर्धाले सेवा ग्राहकको संख्या बढेको हो । नेपालको कुल जनसंख्याको ९२ प्रतिशत जनता टेलिफोनको पहुँचमा पुगेको तथ्याङकमा उल्लेख छ । विभिन्न दुरसेवा प्रदायक कम्पनीहरुले आफ्नो सेवालाई सूलभ बनाएपछि यसको प्रयोगकर्ता बढेका हुन । नेपालमा विशेषगरी टेलिफोन प्रयोगकर्ताको संख्या तीव्र रुपमा बढ्दै गएको देखिन्छ ।
तथ्याङक अनुसार गत असारमा मात्र ११ लाख टेलिफोन प्रयोगकर्ता थपिएको छ । सो अवधिमा फिक्सड टेलिफोनमा ३ दशमलव १३ प्रतिशत , मोवाइलमा ८३ दशमलव २३ र अन्यमा ६ दशमलव ३२ प्रतिशत जनताको पहुँच पुगेको छ । यस्ता कम्पनीहरुले सूचना प्रविधिमा सुविधा बढाउने तथा मूल्य घटाएपछि उपभोक्ताको पहँच बढेको हो त्यस्तै पछिल्लो समय इन्टरनेट प्रयोगकर्ताको संख्यामा पनि बृद्वि भएको छ ।
तथ्याङ्कका अनुसार असारमा मात्र १ लाख इन्टनेट प्रयोगकर्ता थपिएका छन । हाल नेपालमा ८७ लाख ८२ हजार जनाले इन्टरनेट प्रयोग गर्ने गरेका छन् । यो कुल जनसंख्याको ३३ प्रतिशत हो । त्यसमध्ये सवैभन्दा बढी ८५ लाखले जिपीआरएस र ९ हजार ३ सय ले वाइमयाक्समा आधारित इन्टरनेट सेवा प्रयोग गर्छन् । बजारमा सस्तो मूल्यमा मोवाइल फोन उपलब्ध हुन थालेपछि मोवाइलबाट इन्टरनेट प्रयोग गर्ने प्रयोगकर्ताको संख्या बढेको प्राधिकरणले बताएको छ । हाल नेपालमा ६ ओटा टेलिफोन प्रदायक र ४२ ओटा इन्टरनेट प्रदायक छन् ।