काठमाडौ, ११ फागुन(ओएनएस) : ट्युसन पढ्न जाँदा तेजाब छ्यापिएका दुई किशोरीलाई अनेरास्ववियुले जनही ५ हजार प्रदान गरेको छ ।
तेजाब छ्यापिएका उनीहरूलाई अनेरास्ववियुका नेताहरूले भेटेर जनही ५-५ हजार सहयोग स्वरूप प्रदान गरेका हुन् । यस्तै, अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले घटनाको तिव्र विरोध व्यक्त गर्दै घटनामा संलग्नहरूलाई शिघ्र कारबाहीको माग गरेका छन् ।
सहयोग रकम लिँदै पीडितका परिवारले दोषीलाई कारबाही तथा थप उपचारका लागि सहयोगका लागि सरकारलाई सवाव दिन आग्रह गरेको प्रवक्ता लामिछानले बताए ।
यस्तै, उनीहरूलाई तेजाब छरिएको विरोधमा अनेरास्ववियुले आज आर आर कलेज अगाडि प्रदर्शन गर्ने भएको छ ।
आइतबार ट्युसन पढ्न गएका दुई किशोरीलाई तेजाब छ्यापिएपछि दुईको अहिले उपचार जारी रहेको छ ।