तेजाब छ्याप्ने युवाको वयानः‘युवतीले अर्कैलाई मन पराएको रिसमा एसिड छ्यापे’

352
  •  
  •  
  •  

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–४, सिर्जनशील टोलमा एक युवतीमाथि तेजाब छ्याप्ने दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रौतहट लक्ष्मीपुरका मोहमद आलम र भारतका मुन्ना महमदलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीलाई बिहीबार राति तेजाब (एसिड) छ्यापेर भागेका थिए ।

हाल डल्लु बस्दै आएका उनीहरु कालिगढको रुपमा काम गर्दै आएका थिए । युवतीलाई मुन्नाले मन पराएको तर युवतीले अर्कैलाई मन पराएको रिसमा एसिड छ्यापेको उनीहरूले प्रहरीसमक्ष बयान दिएका छन्।

बिहीबार राति पौने ९ बजेतिर युवतीलाई तेजाब छ्यापेर उनीहरू कोठातर्फ भागेको प्रहरीले जनाएको छ । मोहमदले मुन्नालाई युवतीको घरनजिकै लगेर छाडेको र एसिड छ्यापेपछि दुवै जना मोटरसाइकलमा भागेका थिए।

पीडित युवतीको मुखमा एसिड परेको र कीर्तिपुरको बर्न अस्पतालमा उपचार भइरहेको भइरहेको छ।


  •  
  •  
  •