कृषि विकास बैंकका कार्यकारी अधिकृत भ्रष्टाचारमा मुछिए

135
  •  
  •  
  •  

काठमाडौं ३१ असोज (ओएनएस) : कृषि विकास बैंकका कार्यकारी अधिकृत तेजबहादुर बुढाथोकी भ्रष्टाचार काण्डमा मुछिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  कार्यकारी अधिकृत बुढाथोकीबाट ८० हजार ३ सय ५४ रुपैयाँ असुल्न संञ्चालक समितिलाई निर्देशन दिएको खुलेको छ । आन्तरिक रुपमा बैंकको सञ्चालक समितिले समेत अनियमिताको आरोपमा कार्यकारी अधिकृत बुढाथोकीमाथी छानविन गरिरहेको छ ।

कार्यकारी अधिकृत बुढाथोकीले एक बर्ष अघि जापानमा भएको एउटा कार्यक्रममा भाग लिन जाँदा मन्त्रिपरिषद्को स्वीकृतिविपरित दुईदिन अगाडी गएको र दुईदिन पछाडी फर्केपनि रकम कार्यालयबाटै भुक्तानी लिएर भ्रष्टाचार गरेको अख्यिारको ठहर छ ।  अख्तियारले असोज २२ गते सञ्चालक समितिलाई लेखेको ‘गोप्य’पत्रमा,‘रु. ८० हजार ३ सय ५४ बिगो कायम गरी सो रकम अख्यिार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ को दफा १२ क. बमोजिम निजबाटै भरि भराउ गर्नु भनी सञ्चालक समिति, कृषि विकास बैकमा लेखि पठाउने’ भनिएको छ ।

कार्यकारी अधिकृत बुढाथोकीले आफ्नै कर्मचारीलाई खराब कर्जाहरु अपलेखन गर्न  सहयोग गरेको आरोप समेत लागेको   छ । अख्तियारले ‘कार्यकारी अधिकृत तेजबहादुर बुढाथोकीले आफ्ना कर्मचारी तेजराज ढकाललाई खराब कर्जाहरु अपलेखन गर्न गराउन सहयोग गरेको भन्ने विषयमा सत्यतथ्य एकिन गरि यथोचित कारवाही गर्नु,’ भनेको छ ।

बैंकको उपशाखा कार्यालय सल्यानबाट नियम विपरीत ग्यारेन्टी जारी भएको र त्यसमध्य डिफल्ट दाबीको २ करोड ४४ लाख १८ हजार ६ सय रुपैयाँ मध्य ४४ लाख मात्रै सम्बन्धित पक्षबाट असुल भएको र बाँकी ५९ लाख २२ हजार ६ सय रुपैयाँ असुल हुन बाँकी रहेपछि बुढाथोकीमाथी छानविन भईरहेको छ । अख्तियारले यथाशीघ्र छानविन गरि आवश्यक कारवाही गर्न कृषि विकास बैंकलाई भनेको छ । 01o2


  •  
  •  
  •