गायक देवकोटाको ‘क्या दामी देखियौ’ सार्वजनिक

122
  •  
  •  
  •  

काठमाडौं । गायक शिव देवकोटाको ‘क्या दामी देखियौ’ बोलको तीज गीत सार्वजनिक भएको छ ।
देवकोटाकै शब्द, संगीत र स्वर रहेको यो गीतमा गायिका देवी घर्तीको पनि स्वर रहेको छ ।

उक्त गीतको भिडियोमा मोडल पुजन घिमिरे र रमेश थापाले अभिनय गरेका छन् । शिव वि.कले कोरियोग्राफी गरेको उक्त भिडियोलाई शम्भू चालिसेले छायाँकन गरेका छन् ।

थली, डाँछीस्थित माउन्ट एभरेष्ट माविका प्रिन्सिपल समेत रहेका देवकोटाले वर्षेनी तीज गीत सार्वजनिक गर्दै आएका छन् । गीतलाई एस थ्री के इन्टरटेनमेन्ट युट्युब च्यानलबाट बुधबार सार्वजनिक गरिएको हो ।


यो उनको दोस्रो तीज कोसेली हो । तीज बाहेक उनको २५ भन्दा बढी गीत बजारमा आइसकेका छन् । गत वर्ष उनले तीजको बरिलै बोलको गीत ल्याएका थिए ।

हेर्नुहोस् भिडियो

 


  •  
  •  
  •