तुलसी र नुनको प्रयोग गर्नुहोस दाँत चम्काउहोस् 

347
  •  
  •  
  •  

काठमाडौ., ३ असार (ओएनएस) । हरेक व्यक्तिको सुन्दरता उसको मुस्कानमा झल्किन्छ । केही मानिस आफ्नो दाँतमा पंहेलोपना बढेका कारण दिल खोलेर हास्न सक्दैनन् । यदि तपाई आफ्नो हासोमा सुन्दरता भित्राउन चाहानुहुन्छ भने दाँतको प्राकृतिक उपचारमा ध्यान दिनुस् ।

सहि तरिकाले दाँतको हेरचाह नगर्नु, लगातार खानु, बढ्दो उमेर त्यसमा पनि अत्याधिक औषधीको सेवनका कारण दाँतमा पंहेलोपना बढेको हुनसक्छ । दाँतमा बढ्दो पंहेलोपनाले अनुहारकै सुन्दरतालाई जोसखममा पार्नसक्छ । यो चिन्ताबाट मुक्ती पाउन तपाई तुलसी पत्ताको प्रयोग गर्ने सक्नुहुन्छ । दिनको २—३ पत्ता तुलसीपात चपाउनाले मुखको गन्ध हराउनुका साथै दाँत सफा हुन्छ । त्यस्तै दिनको एकपटक नुनले दात मोल्नाले पनि उज्यालो चमक आउन थाल्छ ।


  •  
  •  
  •