चीनका एक युवकले गरे अनलाइनमा लाइभ आत्महत्या

313
  •  
  •  
  •  

suicideकाठमाडौ, २८ मंसिर(एजेन्सी) : मानसिक रूपले तनावमा रहेका चीनका एक युवकले अनला-इनमा लाइभ आत्महत्या गरेका छन् । चीनको दक्षिणपश्चिम क्षेत्रको सिचुवान प्रान्तमा माइक्रो ब्लगिङ्ग साइटमा लाईभ गर्दै ती युवकले आत्महत्या गरेका हुन् ।

प्रहरीले सामाजिक सञ्जालमा लाइभ भिडियो देखेपछि युवकको खोजी गरेको थियो । जब प्रहरी युवक भएको स्थानमा पुग्यो तब, ती युवक बेहोस थिए । युवकलाई तत्काल अस्पताल लगिएपनि युवकलाई जोगाउन भने सकिएन ।

आत्महत्या गर्ने युवकको नाम जेङ्ग भएको बताइएको छ । मर्नुभन्दा पहिले ती युवकले सामाजिक सञ्जालमा निकै धेरै पोष्टहरू गरेका थिए र त्यसमा आफू एक्लो भएको गुनासो गरेका थिए । उनले लेखेका थिए, ‘मैले संसार छाड्ने निर्णय गरे, अब मलाई बाच्नकालागि केही कुनै आग्रह नगर्नुस् । मलाई लाग्छ यसले मलाई धेरै गाह्रो हुँदैन ।’

ती युवकले आफूलाई मार्नका लागि ड्रग्स टेप र कोइलाको प्रयोग गरेका थिए । एचटीका अनुसार मर्नुभन्दा पहिले ती युवकले लेखेका छन्, ‘मलाई लाग्दैन पनि म आफूलाई बचाउन सक्छु । ड्रग्सले आफ्नो काम सुरू गरिसकेको छ र मैले आफ्नो पुरै शक्ति गुमाइसकेको छु ।’

जेंगकी हजुरआमाले जेंगको कुनै युवतीसँग अनलाइन च्याटिङ्गका क्रममा प्रेम भएको बताउँदै सोही कारण जेंगले आत्महत्या गरेको हुनसक्ने बताएकी छिन् । जेंगका बाबुआमा छुट्टिएको केही वर्षपछि आमाले अर्को विवाह गरिन् र जेंग हजुआमासँग बस्दै आएका थिए ।


  •  
  •  
  •