नेपाली महिलाहरुद्वारा देहरादुनमा तीज मेला आयोजना

650
  •  
  •  
  •  

nepali mahila
देहरादुन, ३ भदौ (ओएनएस) : आफ्नो भाषा, संस्कृति एवं परम्परा जगेर्नाका लागि भन्दै भारतमा बसोबासे गर्ने नेपाली महिलाहरुले देहरादुनमा तीज मेलाको आयोजना गरेका छन् ।

‘हाम्रो स्वाभिमान ट्रस्ट’को आयोजनामा हुने मेला २० अगष्ट अर्थात भोलि (आइतबार)  महेन्द्र ग्राउण्डगढी केन्टमा हुने भएको छ । महिलारुले मेलामा सम्पूर्ण नेपाली महिलाहरुलाई आमन्त्रणका लागि आग्रह गरेका छन् ।

nepali mahila deharadun

हरितालिका तीज नेपाली महिलाहरुको अति पवित्र, धार्मिक एवं लोकप्रिय उत्सव हो । लोकगीत, संगीत एवं
लोकनृत्य यो पर्वको आत्मा हो । नेपाली समुदायको भाषा, संस्कृति एवं परम्पराको मूल्य मान्यतालाई पनि यो पर्वले देश तथा विदेशमा चिनाइरहेको छ ।

तीजमा नेपाली महिलाहरुले आफ्नो पारम्परिक भषभूषा एवं आभूषण विशेष र विशेष गरेर रातो सारी पहिरिने गर्छन् । छड़के तिलहरी, रंगीबिरंगी पोते पहिरिएर पूजाआज गर्न शिव मन्दिर जानुका साथै नाँचगान पनि गर्ने गर्छन् । यो पर्वलाई नेपाली महिलाहरुले देश विदेशमा पनि चिनाइरहेका छन् ।


  •  
  •  
  •