आज तीजको अन्‍तिम दिन ऋषिपञ्‍चमी

894
  •  
  •  
  •  

काठमाडौं १४ भदौ (ओएनएस) :  तीजको अन्तिम दिन आज हिन्दु महिलाहरुले ऋषिपञ्चमी मनाउदै छन् ।  तीजको दिन व्रत लिने महिलाहरुले आज बिहान नजिकैको नदी, तलाउ, धारा, पोखरी लगायतका जलाशयमा गएर दतिवनले नुहाउने प्रचलन छ । भाद्रशुक्ल पञ्‍चमी तीजको अन्तिम दिन आज महिलाहरूले अरुणधत्तीसहित सप्तऋषि कस्यप, अत्रि, भरद्वाज, वशिष्ठ, जमदग्नी, गौतम र विश्वमित्रको पूजा आराधना गरी तीज ब्रत समाप्त गर्दैछन्। खासगरी रजस्वला भइसकेका नारीहरूले भविष्य पुराणका अनुसार ब्रम्हहत्याको पाप मुक्ति तथा रजस्वला भएका अवस्थामा जानी नजानी भए गरेका पापजन्य कार्यबाट मुक्ति मिलोस् भन्‍नाका लागि सप्तऋषिको पूजा गर्ने प्रचलन रहेको हो।

कामाडौँको टेकुस्थि ऋशेश्‍वर महादेवको मन्दिरमा पूजा गर्ने ब्रतालु महिलाको भीड लागेको छ। ऋशेश्‍वर महादेवको मन्दिर ऋषिपञ्‍चमीको अघिल्‍लो राती १२ बजेबाट खुल्‍ने गर्छ।

भविष्योत्तर पुराणमा उल्लेख भए अनुसार रजोवती महिलाले कश्यप, अत्रि, भारद्धाज, गौतम, जमदग्नि, विश्वामित्र, वसिष्ठ र पतिब्रता अरुन्धतीको पुजा गर्नाले रजोदोष आदि सम्पुर्ण दोष नाश भई यो लोकमा समृद्धि र पछि मुक्ति प्राप्त हुन्छ भन्‍ने जनविश्‍वास छ। ऋषिपुजा पछि नाचगान र भजनकिर्तन गरेमा तीजको ब्रत पुर्ण हुन्छ भन्ने पनि सामाजीक मान्यता छ।


  •  
  •  
  •