मन्त्री देखि वरिष्ठ नर्सलाईसम्म तिजले भ्याइनभ्याई

218
  •  
  •  
  •  

रक्षा रेग्मी
काठमाडौं, ८ भदौ (ओएनएस) : तीज नजिकिदै गर्दा रातो सारी र हरियो पोतेमा सजिएर साथी तथा आफन्तको घरमा दर खान जाने महिलाको जमात बढ्दै छ । स्वदेश तथा विदेशमा रहेका महिलाहरू दर खाने तथा तीजको साँस्कृतिक कार्यक्रममा सहभागी हुन भ्याइनभ्याइ छ । त्यस्तै श्रीमानको लामो आयुको कामना गर्दै पानी पनि नखाएर व्रत बस्ने गर्छन् । घरमै बस्ने गृहणी महिलाहरूलाई त समय मिलाउन त्यति गाह्रो हुँदैन ।

मन्त्री निलम केसी
मन्त्री निलम केसी

तर, कामकाजी महिलाले तीज कसरी मनाउन् त ? व्यस्थताले गर्दा निर्धक्क रुपमा तीज मनाउन नपाउने कामकाजी महिलाहरु बताउँछन् । महिला वालवालिका तथा समाजकल्याणमन्त्री नीलम खतिवडालाई सरकारी विदा बाहेक अन्य दिन भ्याइनभ्याई हुन्छ । क्याविनेट बैठक, मन्त्रालयको काम तथा विभिन्न कार्यक्रमको उद्घाटन उनको दैनिकी हो । यस्तो व्यवस्थताको विच पनि समय निकालेर तिज मनाउदै आएकी छिन् । उनलाई तिज सामान्य तवरले मनाउन मन पर्छ । उनी तिजलाई व्रत वस्ने तथा पूजा गर्ने भन्दा पनि दिदीबहिनीसँग भेटघाट गर्ने पर्वका रुपमा लिन्छिन् । ‘व्रत बसेर श्रीमानको आयु लामो हुने कुरामा विश्वास लाग्दैन त्यसैले व्रत बस्दिन’ उनले भनिन् । तर, देशभर बाढी तथा पहिरोले सामान्य जीवनलाई अस्तव्यस्त बनाएकोले उनी यस बर्ष तिज नमान्ने सोचमा छिन् ।

सहसचिब यमकुमारी खतिवडा
सहसचिब यमकुमारी खतिवडा

त्यस्तै यमकुमारी खतिवडा उद्योग मन्त्रालयकी प्रवक्ता तथा सहसचिव हुन् । मन्त्रालयका विभिन्न कार्यक्रम तथा गोष्ठीमा सहभागी हुने, मन्त्रालयको सूचना मिडिया तथा जनतासम्म पु¥याउनेलगायत कामले उनलाई फुर्सद हुँदैन ।

यस्तो व्यवस्थताको विच पनि समय निकालेर तीज मनाउने उनी बताउँछिन् । उनी प्रत्येक तिजमा आफ्ना बुबाआमा तथा दाजुभाईलाई भेट्न माइत जान्छिन् । तर, व्यस्तताले गर्दा तिजको दिन भन्दा पनि तिजको वरिपरी सयमअनुकुल जाने उनी बताउँछिन् । त्यस्तै उनी प्रत्येक तिजमा व्रत वस्ने तथा पूजा गर्ने बताउँछिन् । ‘समय मिलेसम्म पूजा गरेर आफुले सकेको दान दिने गरेको छु’ उनले भनिन् । उनलाई तीज परम्परागत शैलिमा मनाउन मन पर्छ । ‘तिज सबै महिलाका लागि विशेष चाड हो, तर मलाई तिजमा तामझाम गर्न मन पर्दैन’, उनी भन्छिन् ।

वरिष्ठ नर्स नरदेवि बरिया
वरिष्ठ नर्स नरदेवि बरिया

यता वीर अस्पतालकी ‘सिनियर नर्सिङ अफिसर’ नरदेवि बरिया भने तिजमा आफुभन्दा जुनियर साथिलाई विदा मिलाउँदैमा व्यस्त छिन् । अरुबेलामा अस्पतालमा व्यवस्थापनदेखि अप्रेसनलगायत काममा व्यस्त हुने उनी तिजमा अन्य साथिहरूलाई विदा मिलाउने तथा तिज कार्यक्रम सञ्चालन गर्न व्यस्त हुने बताउँछिन् । साथै निमन्त्रणा आएको ठाउँमा भ्याएसम्म जान छुटाउँदिनन् । ‘म नेवार भएकोले तिजमा व्रत बस्ने तथा पूजा गर्ने त गर्दिन’, उनले भनिन्, ‘तर साथिहरूले बोलाएको ठाउँमा सहभागी भने हुन्छु । उनीहरूले तिजको दिन चढा पर्व मनाउँनछन् । बेलुका चन्द्रमाको पूजा गरेर भोज गरिन्छ । ‘तिजमा व्रत वस्ने तथा पुजा नगरेपनि तिज मलाई रमाइलो लाग्छ’, उनले भनिन् ।


  •  
  •  
  •