तीज

123
  •  
  •  
  •  

सुदिप वि.क

गाउनु हुन्छ दिदी भाउजु
दाजु भाई सुन
महिला दिदी बहिनीहरु नपरोस् है रुन

बज्न छाडे साँस्कृतिक मौलिक तीजको गित
सुन्नु बुझ्नुपर्छ अरे बुढापाका सित

देवी हुन् सम्मान गरौँ मान्नुपर्छ नारी
झल्किन्छ मौलिकपन लगाउनु रातो सारी

सँस्कृति झल्किन्छ या लोकगीतमा रमाउँदा
रमाइलो हुन्छ अरे सबै मिलि मनाउँदा

आउनु भयो धन्दामन्द घरको काम सकाएर
नाच्नु दिदी आमाहरु मौलिक पन झल्काएर

कोइ कसै माथि यहाँ आरोप लाउनु हुन्न
पुराना ती तीजका गीत हतार छौँ या सुन्न

अहिले या बज्न छाडे बरिलै का भाका
सम्मान गरौ नारीलाई खुलाउनु छ आँखा

बर्खा मास को झरी बादल खहरेको भेला
साथी संगीसँग भेट हुने तीजको बेला

घरको आँगन चौतारी छेउ नाच्ने होला रहर
चाहे गाउँ होस् या चाहे होस् या सहर

रम्माझम्म गर्ने रहर होला यस तीजमा
बेदना हुन्छ अरे यहाँ तीको गितमा

नभाग्नुस आमा दिदी गर्नुस् सामान
यस पालिको तीजको यही शुभकामना

सुदिप वि.क
बेसिशहर ११ लमजुङ


  •  
  •  
  •