तीजको व्रत निकै राम्रो प्रतिकात्मक प्रेमको चाड बन्न सक्थ्यो

98
  •  
  •  
  •  

डा. अरुणा उप्रेती

यदि श्रीमान्–श्रीमती दुवैले एकअर्कालाई माया गरेर उपवास बसेका भए । तर श्रीमतीहरू श्रीमानको लामो आयु होस् भनेर व्रत बसेको दिनमा, मीठो खानेकुरा पकाइन भनेर गाली गर्ने, झर्कने, फन्कने श्रीमानहरुको पर्याप्त पाइन्छन् ।

कतिपय श्रीमान् त त्यो दिन आनन्दसँग होटलमा बसेर पेटभरी खान्छन् । उस्तै परे मदिरापान गरेर लड्खडाउँदै घर आउँछन् र उसैको नाममा भोको बसेकी श्रीमतीलाई भकुर्न समेत बेर लगाउँदैनन् ।
जुन दिन महिलाहरू पतिको लामो आयुको लागि व्रत बसेका हुन्छन् त्यही दिन कतिपय पुरुष भट्टीमा आफ्नो कलेजो जलाएर मदिरापान गर्दै हुन्छन्, कतिपय पुरुष पाँचतारे होटलमा बसेर आनन्दसँग मासुभात खाइरहेका हुन्छन् ।

कुनै पनि पुरुषले ‘मेरी महिलाले व्रत बसेकी छिन् म पनि उनलाई साथ दिन्छु’ भनेर कसैले भनेको छ ?
मैले एकलाई सोधे, ‘श्रीमतीले तीज, पञ्चमीको व्रत बस्दा तपाईं पनि व्रत बस्नुहुन्छ रु’ ती मैले अर्को प्रश्न गरें– ‘श्रीमतीले तीज, व्रत बस्दा तपाईं पनि व्रत बस्नुहुन्छ रु’ ती नागरिकले मलाई ठूलो आँखाले हेरे, ‘कस्ती नास्तिक रहिछ्यौ रु कस्तो मूर्खतापूर्ण प्रश्न रु कहिल्यै लोग्नेले पनि स्वास्नीको लागि व्रत बस्छन् रु हाम्रो धर्मग्रन्थमा यसरी पुरुष पनि व्रत बस्छन् भनेर लेखिएकै छैन’ ती प्रबुद्ध नागरिक फटाफट् हिंडे । यसको अर्थ थियो उनी आफ्नी श्रीमतीको लागि व्रत बस्ने काम गर्दैनन्, उनी त केवल आफ्नी श्रीमती व्रत बस्दा मात्रै खुशी हुन्छन् ।

यदि कुन्तीले तीजको व्रत बस्नु परेको भए कसको नाममा बस्थिन् होला रु आफ्ना नपुंसक पति पाण्डुको नाममा वा ती देवताहरू जो उनका सन्तानका बाबुहरू थिए १ द्रौपदीले पाँच जना पतिको नाममा तीजको व्रत बस्दा शायद २४ घण्टालाई पाँचले भाग गरेर हरेक श्रीमान्को लागि घन्टा–घन्टामा बस्थिन् कि रु इन्द्रबाट बलात्कारको शिकार भएकी अहिल्यालाई उनका ऋषि पतिले छोडिदिएपछि पनि, तीजको व्रत बस्दा ती ऋषिको आयु लामो होस् भनेर बस्थिन् कि रु यस्ता प्रश्नहरू सोधियो भने शायद हिन्दू धर्म वा संस्कृति विरोधी भनेर हप्काइएला ।

महिलाले पुरुषको लागि व्रत लिन्छन् र पुरुषको आयु बढ्छ भने महिलाको लागि पुरुषले व्रत लिएर महिलाको आयु बढाउने काम किन नगर्ने भनेर प्रश्न सोधेमा त यो समाजमा भूकम्पै जाला ।
धर्म, कर्म, संस्कृतिका सबै कर्म, व्रत आदि महिलाले गर्नुपर्छ भनेर उनलाई अघि सारिन्छ । अनि जब

दान, धर्म गर्दा पैसा लिने कुरा आउँछ पुरोहितहरू जहिले पनि पुरुष हुन्छन् । ‘पुरुषहरूको शरीर पवित्र हुन्छ, महिलाको शरीर नछुने हुने भएकोले अपवित्र हुन्छ’ भन्ने जस्ता तर्क गरिन्छ । महिलाको शरीरलाई अपवित्र मान्ने पुरुषले कसरी विचार गर्ला कि त्यो अपवित्र शरीरले व्रत बस्दा उनको आयु बढ्छ ?

हिन्दू संस्कृतिमा पुराना र नयाँ सबै उपवास प्रायः महिलाले गर्छन् । चाहे सत्यनारायणको पूजा होस्, चाहे सन्तोषी माताको व्रत । पुरुषहरूले व्रत बसेको कहिल्यै सुनिएको छ ?


  •  
  •  
  •