प्राविधिक एसएलसीको नजिता आज, सबै विद्यार्थी पास

87
  •  
  •  
  •  

काठमाडौ, १३ असार (ओएनएस) :  एसएलसीको प्राविधिक तर्फको परीक्षाफल आइतबार अपरान्ह प्रकाशित हुने भएको छ । नतिजा प्रकाशनको तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालयले सानोठिमीले जनाएको छ ।

पहिलो पटक २०७१ मा प्राविधिक विषयको एसएलसी परीक्ष सञ्चालन भएको थियो । प्राविधिक तर्फको नतिजा ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक हुने भएकाले कोहि विद्यार्थी पनि अनुत्तिर्ण हुनेछैनन् । प्राप्ताङकका आधारमा ‘ए’ देखि ‘इ’ सम्मको ग्रेडीङ गरिनेछ ।

९० प्रतिशतभन्दा बढी अंक ल्याउने विद्यार्थीले ‘ए प्लस’ पाउनेछन् । त्यस्तै ८० देखि ८९ प्रतिशत अंक ल्याउने परीक्षार्थीले ‘ए’ ग्रेड पाउने छन् । ६० देखि ७९ प्रतिशत अंक ल्याउनेले ‘बी’ ग्रेड, ४० देखि ५९ प्रतिशत अंक ल्याउनेले ‘सी’ ग्रेड, २५ देखि ३९ प्रतिशतसम्म अंक ल्याउनेले ‘डी’ ग्रेड र २५ भन्दा कम प्रतिशतको अंक ल्याउनेले ‘ई’ ग्रेड पाउनेछन् ।

यसअघि अघिल्लो हप्ता प्राविधिक बाहेकको नजिता प्रकाशन गरिएको थियो ।


  •  
  •  
  •